Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ। संघले एक सूचना जारी गर्दै पूर्व निर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन स्थगित भएको जनाएको हो। संघले पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्व निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ।
निर्वाचन समितिबाट अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रम सम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने संघले जनाएको छ। यसअघि पहिलो चरणमा उपत्यका बाहिर माघ २ र ३ र उपत्यका भित्र १५, १६ र १७ माघमा निर्वाचन हुने तालिका थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij