Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

११ जना एसएसपी सरुवा, को कहाँ ?

११ जना एसएसपी सरुवा, को कहाँ ?

  • काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार विज्ञप्ति जारी गर्दै एसएसपी सरुवाबारे जानकारी दिएको हो ।

    AGNI GROUP

    सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सन्तोष खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ। यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरता सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । यस्तै विमानस्थलमा प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई सरुवा गरिएको छ ।

    यस्ताे छ सरुवा सूची ः-

    ssp-saruwa-1_4TuFCcEan0.jpg

     

    ssp-saruwa_9WCk4tb5vC.jpg
    undefined

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij