Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनमतलाई हराएका सांसद जनमतमै प्रवेश गरेर उम्मेदवार

जनमतलाई हराएका सांसद जनमतमै प्रवेश गरेर उम्मेदवार

  • काठमाडौँ । सिरहाको क्षेत्र नम्बर ४ का पूर्वसांसद एवम् पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीबाटै उम्मेदवार बन्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई पार्टी अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराउँदै सिरहा–४ को टिकट दिएका छन् । २०७९ को निर्वाचनमा सिरहा–४ बाट जसपा नेपालका उम्मेदवार बनेका उनले २४ हजार १ सय २ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीबाट वीरेन्द्र प्रसाद साहले १६ हजार २ सय ९४ मत पाएका थिए । जसपा नेपालबाट विजयी महतो अशोक राई नेतृत्वको जसपामा गएर मन्त्री भएका थिए ।

    AGNI GROUP

    यतिखेर भने उनी जनमत पार्टीमै प्रवेश गरेर उम्मेदवार भएका छन् । यो क्षेत्रमा जसपा नेपालले भने राजकिशोर यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij