Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाम जाने

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाम जाने

  • काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी माघ १२ गते जनकपुरधाम आउने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार आइतबार बसेको पार्टी कार्यसमितिको बैठकले पूर्व राजाको स्वागत तथा व्यवस्थापनका लागि विशेष निर्णय गरेको छ।

    AGNI GROUP

    भ्रमणलाई भव्य र व्यवस्थित बनाउन पार्टीका सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झा (लालबाबु) को संयोजकत्वमा १००१ सदस्यीय ‘मूल समारोह स्वागत समिति’ गठन गरिएको छ।

    भ्रमणका क्रममा पूर्वराजा शाहले जनकपुर स्थित प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा विशेष पूजाअर्चना तथा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

    राप्रपाले भ्रमणको तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरी कामलाई तीव्रता दिएको जनाएको छ । राप्रपा धनुषाले पूर्व राजाको यस भ्रमणलाई ऐतिहासिक बनाउन सम्पूर्ण तयारी भइरहेको दाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij