Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट केन्द्रीय सदस्य रञ्जु दर्शनाको नाम हटेको छ। समानुपातिक सूचीबाट नाम फिर्ता भएपछि उनलाई काठमाडौं–१ बाट उम्मेदवार बनाउने तयारी पार्टीले गरेको छ।
‘समानुपातिक सूचीमा नाम रहे पनि उहाँ आफैले नाम फिर्ता लिनुभएको हो,’ रास्वपाका एक नेताले भने, ‘उहाँलाई पार्टीले काठमाडौं–१ बाट उम्मेदवार बनाउने तयारी छ, उहाँ इच्छुक पनि हुनुहुन्छ।’
काठमाडौं–१ मा गत निर्वाचनमा रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको थियो। यसपटक रञ्जु त्यहाँबाट उम्मेदवार नबने पुकार बम नै उम्मेदवार बन्नेछन्।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij