Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपेन्द्र यादवले सप्तरी–३ बाट उम्मेदवारी दर्ता

उपेन्द्र यादवले सप्तरी–३ बाट उम्मेदवारी दर्ता

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

    onlinepatrika
    Arghakhachi

    यादवको प्रस्तावकमा मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्रप्रसाद साह र समर्थकमा पूर्व प्रदेशसभा सदस्य विदेश्वर यादव ‘बिक्की’ रहेका छन्।

    AGNI GROUP

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट उम्मेदवार बनेका यादव जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पराजित भएका थिए। त्यसपछि २०८० वैशाखमा सम्पन्न उपनिर्वाचनमा उनी बारा–२ बाट विजयी भएका थिए।

    नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र) सहितको पाँचदलीय गठबन्धनको समर्थनमा यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij