Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खिलुङ्गा कालिका मार्केटिङलाई विभागले गर्यो ५० हजार जरिवाना, १२ फर्मलाई निर्देशन

खिलुङ्गा कालिका मार्केटिङलाई विभागले गर्यो ५० हजार जरिवाना, १२ फर्मलाई निर्देशन

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५० हजार जरिवाना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो ।

    AGNI GROUP

    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न फर्ममा अनुमगन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ ।

    विभागले नियमित रुपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ । विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुमगन गरिएको प्रष्ट पारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij