Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कालीगण्डकी करिडोर

विद्यार्थी बोकेको बस दुर्घटना, ६ घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, ६ घाइते

  • काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस आज दिउँसो दुर्घटनामा परेको हो । शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    AGNI GROUP

    दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको खड्काले बताए ।

    दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नति पाठक र १८ वर्षीय गगन नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij