Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि बुधबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार चार सय रूपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार तीन सय रूपैयाँ महँगो हो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बिहीबार तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय २० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij