Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

  • काठमाडौँ । इरानमा जारी सरकार विरोधी प्रदर्शनमाथि सुरक्षा बलले गरेको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ताहरूका अनुसार देशव्यापी रूपमा इन्टरनेट सेवा बन्द गरिएकाले मृतकको वास्तविक सङ्ख्या योभन्दा निकै बढी हुनसक्ने अनुमान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    इरानी अधिकारीहरूले विगत दुई हप्तादेखि देशभर इन्टरनेट पूर्ण रूपमा ठप्प पारेका छन्, जसका कारण देशभित्रको यथार्थ अवस्था बाहिर आउन कठिन भएको छ । प्राप्त तथ्याङ्कअनुसार मृतकमध्ये चार हजार ७१६ जना प्रदर्शनकारी, २०३ जना सरकारी पक्षका व्यक्ति र ४३ जना बालबालिका छन् । यस्तै, विरोधमा संलग्न नभएका ४० जना सर्वसाधारणले पनि ज्यान गुमाएका छन् । अधिकारीहरूले हालसम्म २६ हजार ८०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइसकेका छन् ।

    AGNI GROUP

    इरान सरकारले भने पहिलोपटक आधिकारिक रूपमा तीन हजार ११७ जनाको मात्र मृत्यु भएको स्वीकार गरेको छ । सरकारी सञ्चारमाध्यमले प्रदर्शनकारीहरूलाई अमेरिका र इजरायलद्वारा उक्साइएका 'दङ्गाकारी' भन्दै आरोप लगाएका छन् । तर, मानव अधिकारवादी संस्थाहरूले इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै ठूलो रक्तपात मच्चाएको दाबी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij