Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा

जुम्लामा ४५३ निर्वाचन प्रहरी वैकल्पिक सूचीमा

जुम्लामा ४५३ निर्वाचन प्रहरी वैकल्पिक सूचीमा

कुल ९७४ जना निर्वाचन प्रहरीको कोटा रहेको जुम्लामा १ हजार ४ सय २७ जना उत्तीर्ण भएका हुन् ।

  • काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि जुम्लामा माग भन्दा धेरै निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    कुल ९७४ जना निर्वाचन प्रहरीको कोटा रहेको जुम्लामा १ हजार ४ सय २७ जना उत्तीर्ण भएका हुन् । जिल्ला प्रहरी प्रमुख डिएसपी रबिनबाबु रेग्मीले न्यूनतम पास अंक आएका सबैलाई वैकल्पिकमा राखिएको जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार देशका कुनै पनि जिल्लामा माग भएको खण्डमा पठाउन सकिने गरी निर्वाचन प्रहरीलाई ‘रिजर्भ’मा राखिएको हो । उनले भने, ‘जुम्लामा आवश्यक हुने जनशक्ति उत्तीर्ण भइसकेको छ । बाँकी अरु जिल्लाले माग गरेको खण्डमा पठाउन सकिने गरेर तयारी अवस्थामा राखिएको छ ।’

    कर्णालीका सबै जिल्लामा कोटा भन्दा धेरैको दरखास्त परेकोले खासै अभाव देखिएको छैन तर कर्णाली बाहिरका जिल्लामा पठाउन सकिने सम्भावना रहेको छ । त्यसैका लागि थप जनशक्ति वैकल्पिकमा राखिएको उनको भनाइ छ । ‘अहिले ४५३ जना वैकल्पिक जनशक्तिका रुपमा राखिएको छ,’ डिएसपी रेग्मीले भने, ‘माग आउने वित्तिकै वैकल्पिकमा परेकालाई रोलक्रमका आधारमा फोन गरेर छनौट गरेर पठाइनेछ । त्यही अनुसार उनीहरुलाई परिपत्र गरिएको छ ।’

    अहिले गण्डकी र सुदूरपश्चिमका केही जिल्लामा कोटा अनुसार निर्वाचन प्रहरी पुगेकमा छैनन् । केन्द्रले नै धेरैभन्दा धेरै पास गरेर राख्ने निर्देशन गरेपछि लिखित उत्तीर्ण भएका सबैलाई वैकल्पिक जनशक्तिका रुपमा राखिएको हो । जुम्लाका लागि ३८६ महिला र ६ सय ६ जना पुरुष निर्वाचन प्रहरी छनौट भइसकेका छन् । ९६ जना सशस्त्र प्रहरीले छनौट गरेको छ ।

    कुल १८ सय ९६ जनाले फर्म झरेका थिए । जिल्लाका लागि चाहिने जनशक्तिलाई माघ १५ गते नियुत्ती प्रदान गरेर तालिममा परिचालन गर्ने तयारी छ । माघ २५ गतेसम्म तालिम दिएर उनीहरुलाई निर्वाचनमा खटाइने डिएसपी रेग्मीले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij