Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चलचित्र विधेयकको मस्यौदा प्रतिवेदन पारित

चलचित्र विधेयकको मस्यौदा प्रतिवेदन पारित

  • काठमाडौँ । संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिए ।

    AGNI GROUP

    उनले भने, ‘२०२६ सालमा बनेको ऐेनलाई हामीले हरेक दफाहरुमा हेरेर समसामयिक बनाउने प्रयास गरेका छौँ । र त्यो अनुरुप यो विधेयक परिमार्जित भएको छ । धेरै संशोधनहरुलाई स्विकार पनि गरिएको छ । अहिले जुन यो डिजिटलको युग छ । त्यो युग अनुसार हामीले यो विधेयकलाई परिमार्जन गरेका छौँ ।’

    विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ ।

    सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोली ९मंगलबार० बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूचि तय गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij