Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकार र जेनजीबिच सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’

सरकार र जेनजीबिच सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’

  • काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासको क्रमसंख्या ‘च’ मा रहेको पेसी ’हेर्न नभ्याइने सूचीमा’ राखिएको छ ।

    AGNI GROUP

    सो इजलासमा आज तीन वटा मुद्दामा सुनुवाइले लामो समय लागे पछि च देखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

    सर्वोच्च अदालतले यसअघि सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताको सक्कल फाइल झिकाउन आदेश जारी गरेको थियो । 

    गत पुस ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले  यसअघिको आदेश अनुसार महान्यायाधिवक्ता कार्यालय मार्फत सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij