Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कस्तो होला आजको मौसम ?

कस्तो होला आजको मौसम ?

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल कोशी प्रदेश र मधेश प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।

    AGNI GROUP

    आज कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको साथै तराई भू-भागमा हुस्सुरकुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।

    आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । देशभर आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै आज राती देशको उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij