Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

अमेरिकाले इरानसम्बन्धी यस्तो निर्णय लियो

अमेरिकाले इरानसम्बन्धी यस्तो निर्णय लियो

  • काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारलाई अमेरिकामा बसोबास गर्न दिइँदै आएको विशेषाधिकार खारेज गरिएको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘इरानी जनता आफ्ना आधारभूत अधिकारका लागि संघर्ष गरिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसै हप्ता अमेरिकामा रहेका इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारको आवास अधिकार रद्द गर्ने कदम चाल्नुभएको छ।’

    AGNI GROUP

    विदेश मन्त्रालयले थप भनेको छ, ‘इरानी शासनद्वारा गरिएको क्रूर दमनबाट फाइदा उठाइरहेकाहरूलाई हाम्रो देशको आप्रवासन प्रणालीबाट लाभ लिने कुनै अधिकार छैन।’

    गत हप्ता अमेरिकाको अटलान्टास्थित एमोरी विश्वविद्यालयले इरानको सुप्रीम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अली लारिजानीकी छोरीलाई विश्वविद्यालयबाट निष्कासित गरेको थियो।विश्वविद्यालयका एक फ्याकल्टी सदस्यले बीबीसी पर्सियनलाई यसको पुष्टि गरेका छन्। फातिमा अर्देशिर लारिजानी अटलान्टास्थित एमोरी विश्वविद्यालयको क्यान्सर अनुसन्धान विभागमा कार्यरत थिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij