Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतारमा लाइसेन्स बिना सवारी चलाए कैद र अत्यधिक जरिवाना

कतारमा लाइसेन्स बिना सवारी चलाए कैद र अत्यधिक जरिवाना

  • काठमाडौँ । नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद सजाय र अत्यधिक जरिवाना हुन सक्ने चेतावनी त्यहाँको गृह मन्त्रालयले दिएको छ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश जारी गर्दै लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भएको उल्लेख गरेको छ र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्ने जनाएको छ। यस्तो कसुर मिलापत्र वा सहमतिबाट समाधान हुन नसक्ने पनि मन्त्रालयको स्पष्टिकरण छ।

    AGNI GROUP

    कतारको ट्राफिक कानुनको धारा ९४ अनुसार लाइसेन्स बिना सवारी चलाएको पुष्टि भएमा एक महिनादेखि तीन वर्षसम्म कैद, न्यूनतम १० हजारदेखि अधिकतम ५० हजार कतारी रियालसम्म जरिवाना, वा यी दुईमध्ये कुनै एक सजाय हुने व्यवस्था छ। मन्त्रालयका अनुसार यो नियम वैध कतारी ड्राइभिङ लाइसेन्स नहुने व्यक्तिहरूमा लागू हुन्छ। तर, वैध लाइसेन्स भए पनि जाँचका बेला कार्ड साथमा नराखेका चालकको हकमा ‘मेत्राश’ एपमार्फत डिजिटल रूपमा लाइसेन्स पुष्टि गर्न सकिने व्यवस्था छ।

    सडक दुर्घटना न्यूनीकरण र जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो जनचेतनामूलक अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij