Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाई हुँदै

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाई हुँदै

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि आइतबार विशेष अदालतमा पेसी तोकिएको छ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना सम्बन्धि मुद्दाको सुनुवाई विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा तोकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । निर्णयको फाइल आएसँगै आइतबारका लागि पेसी तोकिएको हो ।

    AGNI GROUP

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij