Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपा नेपालमा फर्किइन् नाउपा केन्द्रीय सदस्य चौधरी

जसपा नेपालमा फर्किइन् नाउपा केन्द्रीय सदस्य चौधरी

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालले करिब चार महिना अघिदेखि सुरु गरेको ’घर फिर्ती अभियान’ प्रभावकारी बनाएको छ ।यसैक्रममा, मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सप्तरी–३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालकका अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

    AGNI GROUP

    यसअघि उनी जसपा नेपालकी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन् । जसपा नेपाल विभाजन हुँदा उनी पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघकी मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन् ।

    यसैगरी, कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थारु नेता गोपाल प्रसाद चौधरी समेत सोमबार पार्टी प्रवेश गरेका थिए । युवा नेता शिवशंकर यादव ‘शिवम’ समेत जसपा नेपाल प्रवेशसँग जोडिएका छन् । पार्टी विभाजन हुँदा उनी अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।

    मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनको प्रवेशले यूवा सङ्गठनमा थप उर्जा मिल्ने जसपा नेपालकका केन्द्रीय सचिव शैलेन्द्र साहले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij