Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

  • काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा १४ हजार चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ ।

    AGNI GROUP

    मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

    मंगलबार तोलामा पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij