Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकासँगको वार्ताका लागि ओमान पुगे इरानी विदेश मन्त्री

अमेरिकासँगको वार्ताका लागि ओमान पुगे इरानी विदेश मन्त्री

  • काठमाडौँ । युद्धउन्मुख अमेरिका र इरानबीच आज ओमानमा वार्ता हुने तयारी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    वार्तामा सहभागी हुन इरानी विदेश मन्त्री अब्बास अराघची ओमानको राजधानी मस्कट पुगिसकेको अलजजिराले उल्लेख गरेको छ । अमेरिकाको तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरू स्टिभ विटकोफ र जारेड कुश्नरले प्रतिनिधित्व गर्नेछन् ।

    AGNI GROUP

    मध्यपूर्वका कतार, टर्की र इजिप्टले वार्तामा छलफल गरिने प्रमुख विषयहरुको एउटा खाका प्रस्तुत गरेका छन् । तीमध्ये इरानले युरेनियम संवर्धनलाई उल्लेखनीय रूपमा सीमित गर्ने प्रतिबद्धता पनि समावेश छ ।

    त्यस्तै ब्यालिस्टिक मिसाइलको प्रयोगमा प्रतिबन्ध र क्षेत्रीय रूपमा इरानका सहयोगी समूहहरूलाई हतियार आपूर्ति सीमित गर्ने विषय पनि समावेश गरिएको छ ।

    इरान आणविक हतियार बनाउने कामबाट पछाडि हट्नुपर्ने अडान अमेरिकाले लामो समयदेखि राख्दै आएको छ । पछिल्लो समय इरानमा भएको सरकार विरोधी आन्दोलनलाई दबाएको भन्दै अमेरिकाले इरान नजिकैको समुन्द्रमा युद्धका लागि आवश्यक हतियार बोक्ने यरक्राफ्ट क्यारियर लिएर राखेको छ ।

    यसले दुई देशबीच युद्धको खतरा रहेको भन्दै विश्वभरबाट चिन्ता व्यक्त गरिएको छ । अमेरिका र इरानबीच सन् १९८० यता औपचारिक कूटनीतिक सम्बन्ध छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij