Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै सरकार

सामाजिक सञ्जालमाथि निगरानी बढाउँदै सरकार

  • काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि निगरानी गर्नेगरी गृहकार्य थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने क्रम बढेको भन्दै  निगरानीका लागि नीतिगत निर्णय लिनेगरी गृहकार्य गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा फेसबुक, युट्युब, अनलाइन पोर्टलजस्ता माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरिएको जानकारी दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    AGNI GROUP

    नेपाली समाजलाई अराजकता, विकृति विसंगतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराउँदै उनले त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको बताए ।

    ‘पछिल्ला दिनमा सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अंग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने प्रवृत्ति बढेको पाइएकाले त्यसलाई नियमन गर्न निर्देशिका ल्याउन लागिएको हो,’ उनले भने ।

    पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्रबन्ध सरकारले मिलाइसकेकाले तोकिएकै मितिमा निर्वाचनमा हुने बताए । तोकिएकै मितिमा निर्वाचन गर्न सुरक्षा परिषद्को बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको जानकारी उनले दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij