Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानमा प्रमुख सुधारवादी नेताहरू पक्राउ

इरानमा प्रमुख सुधारवादी नेताहरू पक्राउ

  • काठमाडौं । जनवरी महिनाको सरकार विरोधी प्रदर्शनका क्रममा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको र अमेरिका तथा इजरायलको हितमा काम गरेको आरोपमा इरानी अधिकारीहरूले चार जनालाई पक्राउ गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेकामध्ये तीन जना प्रख्यात सुधारवादी राजनीतिज्ञ रहेको इरानी सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्नेमा इरानको रिफर्म फ्रन्टकी प्रमुख अजार मन्सुरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह र पूर्व सांसद एब्राहिम अस्घरजादेह छन् । चौथो व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन ।

    AGNI GROUP

    इजरायल र अमेरिकाबाट सैन्य धम्की आइरहेका बेला देशमा उनीहरूले अस्थिरता सिर्जना गर्ने गतिविधि सञ्चालन गरेको आरोप न्यायपालिकाले लगाएको छ । सरकारी समाचार एजेन्सी मिजानका अनुसार उनीहरूले सडक आन्दोलनलाई वैध ठहर्‍याउने प्रयास गरेको दाबी गरिएको छ ।

    रिफर्म फ्रन्टले सामाजिक सञ्जाल एक्समार्फत मन्सुरीलाई रिभोलुसनरी गार्ड (आईआरजीसी)को गुप्तचर बलले घरको ढोकाबाटै न्यायिक आदेशसहित पक्राउ गरेको पुष्टि गरेको छ । अन्य वरिष्ठ नेताहरूलाई पनि बोलावट पठाइएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij