Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको हो ।
अघिल्लो दिन आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेको थियो । सो दिन ११ अर्ब ६५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । यसदिन नेप्से उच्च अंकले घट्दा कारोबार रकममा पनि आइतबारको तुलनामा कमी आएको छ।
३२४ स्क्रिप्सको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँमा खरिदबिक्री भए ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भएन । कालिञ्चोक हाइड्रोपावरको सेयर ९.९७ प्रतिशतले बढ्दा राधी पावरको ९.११ प्रतिशत बढ्यो । यस्तै लिवर्टी इनर्जीको सेयर ७.८४ प्रतिशतले बढ्दा नेसनल हाइड्रोपावरको ५.९० र त्रिशूली जल विद्युत कम्पनीको ४.९९ प्रतिशतले बढ्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij