Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रुसको इन्टरनेट नियामक निकाय ‘रोस्कोमनाद्जोर’ ले टेलिग्राम म्यासेन्जर प्लेटफर्मको गति जानाजान सुस्त बनाएको छ ।
रुसी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मस्कोले आफ्ना नागरिकहरूलाई राज्यको कडा निगरानीमा रहने घरेलु अनलाइन सेवा ‘म्याक्स’प्रयोग गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ ।
रोस्कोमनाद्जोरले, टेलिग्रामले प्रयोगकर्ताको डाटा रूसभित्रै भण्डारण गर्नुपर्ने र आपराधिक तथा आतङ्कवादी उद्देश्यका लागि हुने प्रयोगलाई रोक्नुपर्ने कानुनको पालना नगरेको दाबी गरेको छ ।
टेलिग्राममा पूर्ण प्रतिबन्ध लगाउनुको साटो यसको ‘ट्राफिक’ सुस्त बनाइएको छ, जसले गर्दा तस्बिर, भिडियो र म्यासेजहरू लोड हुन समय लागिरहेको छ ।
रुसी सरकारले आधिकारिक सरकारी सेवाहरूसँग जोडिएको घरेलु एप “म्याक्स” प्रयोग गर्न जोड दिइरहेको छ । आलोचकहरूले यो एप निगरानी र राजनीतिक ‘सेन्सरसिप’ का लागि बनाइएको भन्दै चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय संस्थाहरूले यस कदमको निन्दा गर्दै यसलाई जानकारीको प्रवाहको ‘घाँटी थिच्ने’ रणनीति भएको बताएका छन् । ‘आरएसएफ’ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा रुस १८० देशमध्ये १७१औँ स्थानमा छ ।
युक्रेन युद्धमा संलग्न रुसी सैन्य ब्लगरहरूले पनि टेलिग्राममा गरिएको अवरोधले ‘फ्रन्टलाइन’ को सञ्चारमा बाधा पुग्ने भन्दै आलोचना गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij