Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बजेट अभावका कारण कामकाज ठप्प हुने स्थितिमा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय पुगेको छ । डेमोक्रेटिक पार्टीले अध्यागमनका एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने माग गरिरहँदा अमेरिकी सिनेटले मन्त्रालयको लागि खर्च विनियोजन गर्ने विधेयकलाई अगाडि बढाउन सकेको छैन ।
शनिबार मध्यरातको समयसीमा नजिकिँदै जाँदा अनिश्चितता बढेको छ । बिहीबार खर्च विधेयकमाथि भएको मतदान विधेयक पारित गर्नबाट थोरै मतले चुकेको थियो ।
डेमोक्रेट सांसदहरूले आप्रवासन निकाय (आईसीई)माथि कडा निगरानी र नयाँ प्रतिबन्धको माग गर्दै विधेयकको विरोध गरेका हुन् । उनीहरूले एजेन्टहरूले मास्क लगाउन नपाउने, बडी क्यामेरा अनिवार्य गर्नुपर्ने, जातीय प्रोफाइलिङ रोक्नुपर्ने तथा निजी सम्पत्तिमा प्रवेशअघि न्यायिक अनुमति आवश्यक हुने जस्ता माग अघि सारेका छन् ।
यी प्रस्तावलाई सामान्य र आवश्यक सुधार भन्दै डेमोक्र्याट नेता चक शुमरले यी सुधार बिना बजेट स्वीकृत नगर्ने बताएका छन् । रिपब्लिकन पक्षले भने यस्तो प्रतिबन्धले सुरक्षा काममा असर पर्ने तर्क गरिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij