Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन र पूजाआराधना

प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन र पूजाआराधना

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ दर्शन गरी पूजाआराधना गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्की महाशिवरात्रीको अवसरमा आइतबार साँझ पशुपतिनाथ मन्दिर पुगेर पुजा आराधाना गरेकी हुन् ।

    AGNI GROUP

    महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठुलो भिड रहेको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल रहेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन पशुपतिनाथ आएका छन् ।

    महाशिवरात्रिका अवसरमा बिहान २ बजेदेखिनै पशुपतिका चारै ढोका खोलिएको छ। दर्शनार्थीको सुविधाका लागि तीन बाहिरी र भित्री लाइनको व्यवस्था गरिएको छ । सवारी पार्किङ सिफल, तिलगङ्गा, गुह्येश्वरी लगायत स्थानमा मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले आज करिब आठ लाखले पशुपति मन्दिरमा दर्शन गर्ने अनुमान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij