Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    १. केपी शर्मा ओलीले चुनावको वातावरण अझै स्पष्ट नभएको भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरे।

    AGNI GROUP

    २. राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच बुँदे ‘नागरिक करार’ सार्वजनिक गर्दै सुशासन, रोजगारी, पूर्वाधार र डायस्पोरालाई प्राथमिकता दिएको छ।
    ३. टी–२० विश्वकपमा अमेरिकाले नामिबियालाई हराउँदै दोस्रो जित निकाल्यो।
    ४. प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘प्रगतिशील लोकतन्त्र’को नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गर्‍यो।
    ५. राहुल गान्धीले भारत–अमेरिका व्यापार सम्झौताबारे सरकारसँग पाँच प्रश्न उठाए।
    ६. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको एजेन्डासहित जनभेटघाट गरे।
    ७. जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुग्यो।
    ८. सिन्धुलीमा सवारी दुर्घटनामा ८ वर्षीय बालकको मृत्यु।
    ९. उज्यालो नेपाल पार्टीले शासन खर्च कटौती र आर्थिक सुधारका लक्ष्यसहित प्रतिबद्धता सार्वजनिक गर्‍यो।
    १०. टी–२० विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग पराजित हुँदै सुपर आठबाट बाहिरियो।
    ११. अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ईरानलाई परमाणु हतियार राख्न नदिने चेतावनी दिए।
    १२. महाशिवरात्रि तथा सेना दिवसको कार्यक्रम टुँडिखेलमा सम्पन्न भयो।
    १३. महिला एशिया कप राइजिङ स्टार्समा नेपाल युएईसँग पराजित।
    १४. नाइजेरियामा बन्दुकधारी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु।
    १५. नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो।
    १६. बंगलादेशको नयाँ सरकारको शपथमा दक्षिण एसियाली नेताहरूलाई निम्ता।
    १७. इन्डोनेसियामा विश्वकै लामो जंगली अजिंगर फेला परेको घोषणा।
    १८. ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो।
    १९. क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई जित दिलाए।
    २०. दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा लगातार तेस्रो जित निकाल्दै सुपर आठमा स्थान पक्का गर्‍यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij