Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मंगलबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

मंगलबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

  • काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij