Jun 05 2026 | २०८३, जेठ २२ गते
पाल्पा । पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय रेम बहादुर ठाडालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पीडित पक्षबाट उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij