Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उत्तर कोरियामा किम पुनः पार्टीको जनरल सेक्रेटरी चयन

उत्तर कोरियामा किम पुनः पार्टीको जनरल सेक्रेटरी चयन

  • काठमाडौँ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टी अफ कोरियाको कांग्रेसले किम जोंग उनलाई पुनः पार्टीको जनरल सेक्रेटरी पदमा सर्वसम्मत चयन गरेको छ । यस निर्णयसँगै उनको उत्तराधिकारबारे पछिल्ला महिनाहरूमा चलेका अटकलहरूलाई विराम लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    राज्य सञ्चारमाध्यमका अनुसार हजारौँ प्रतिनिधिले किमको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनलाई पुनः शीर्ष पदमा अनुमोदन गरेका हुन् । पार्टी कांग्रेस गत बिहीबारदेखि सुरु भएको थियो र आइतबार चौथो दिनमा औपचारिक निर्णय सार्वजनिक गरिएको हो ।

    AGNI GROUP

    पार्टीले किमको नेतृत्वमा देशले आफ्नो परमाणु क्षमता सुदृढ बनाएको र बाह्य खतराको सामना गर्न सक्षम भएको दाबी गरेको छ । आगामी पाँच वर्षमा सैन्य तथा राजनीतिक लक्ष्यहरूलाई अझ आक्रामक ढंगले अघि बढाइने पनि जनाइएको छ ।

    विशेषज्ञहरूका अनुसार किमले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई थप तीव्रता दिन सक्ने संकेत देखिएको छ । उत्तर कोरियाले एशियामा अमेरिकाका सहयोगी देशहरू र अमेरिकी मुख्यभूमिसम्म पुग्न सक्ने क्षेप्यास्त्र विकास गरिसकेको दाबी गर्दै आएको छ। पार्टीले परमाणु शक्तिले राष्ट्रिय सुरक्षा सुनिश्चित गरेको र जनविश्वास बढाएको उल्लेख गरेको छ ।

    हालका वर्षहरूमा रूससँग उत्तर कोरियाको सम्बन्ध मजबुत बन्दै गएको छ। यूक्रेन युद्धका क्रममा देखिएको सैन्य सहकार्यले प्योंगयाङको अन्तर्राष्ट्रिय भूमिकालाई थप सक्रिय बनाएको विश्लेषण गरिएको छ। किमले परम्परागत सेनालाई पनि परमाणु क्षमतासँग जोडेर सुदृढ बनाउने योजना अघि सार्न सक्ने आँकलन गरिएको छ ।

    सन् २०१९ मा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपबीच भएको शिखर वार्ता असफल भएपछि दुई देशबीच सार्थक वार्ता हुन सकेको छैन। ट्रंपको दोस्रो कार्यकालमा पनि उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणको सर्तमा वार्ताबाट अस्वीकार गरेको बताइएको छ । सन् २०२४ मा किमले दक्षिण कोरियालाई स्थायी शत्रु घोषणा गरेपछि कोरियाली प्रायद्वीपमा तनाव थप बढेको छ ।

    राज्य समाचार एजेन्सीले कांग्रेसमा पार्टी नियमावली संशोधन गरिएको जानकारी दिएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । सन् २०१६ देखि प्रत्येक पाँच वर्षमा कांग्रेस आयोजना हुँदै आएको छ र किम लगातार शीर्ष पदमा कायम छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij