Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौंं । नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३२ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला ५६ सयले बढेर तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको थियो । आजको सुनको भाउअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १३ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।
यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । आइतबार पाँच हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij