Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ

अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ

  • काठमाडौँ । सुनसरी र झापामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेट र डिकोलिक ५९० ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी २१ वर्षीय सिजन अधिकारी र तेह्रथुम घर भएका २० वर्षीय नविन कडेल रहेका छन् ।

    AGNI GROUP

    अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको टोलीले प्र.१–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

    त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–३ किरात पार्क क्षेत्रबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम १० मिलिग्राम पदार्थसहित २४ वर्षीय सोनम शेर्पा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले उनले प्रयोग गरेको प्र.१–०१–००२ ह ६१७ नम्बरको अटो पनि बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij