Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

  • बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा नामसारी गरेको घटनाका अभियुक्त डा.शोभाकान्त ढकाललाई विशेष अदालतले थुना राख्न आदेश दिएको छ। ढकाललाई न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्ररूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले पुर्पक्षका लागि थुन्न आदेश दिएको हो।

    onlinepatrika
    Arghakhachi

    २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १सय७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय ३६ रोपनी व्यक्तिको नाम गराउन बिचौलियाको भूमिकामा रहेका ढकालविरुद्ध अख्तियारले ३९ करोड २८ लाख बिगो मागदाबी गरेको थियो।

    AGNI GROUP

    ढकालले ललिताको निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाम कायम गराउन मूख्य भूमिका निर्वाह गरेका थिए। ढकाल र रामकुमार सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वको छानबिन समितिले भूमाफिया भनेर किटान गरेर कारबाहीका लागि सिफारिस गरेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij