Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इरानको इस्फहान प्रान्तको फलफूल तथा तरकारी बजारमा मंगलबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलट र सह-पाइलटसहित चार जनाको मृत्यु भएको छ ।
इरानी सरकारी टिभीका अनुसार हेलिकप्टर सैन्य प्रशिक्षण मिसनमा थियो । दुर्घटनापछि बजार क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो । घटनास्थल वरिपरि भग्नावशेष छरिएको थियो ।
फार्स समाचार एजेन्सीका अनुसार बजारमा रहेका दुई नागरिकको पनि मृत्यु भएको छ । यो एक हप्ता भित्र इरानमा दोस्रो सैन्य विमान दुर्घटना हो । यसअघि पश्चिमी शहर हमेदान नजिकै एफ-४ लडाकु विमान दुर्घटना भएको थियो जसमा एक पाइलटको मृत्यु भएको थियो ।
इरानको सैन्य र व्यावसायिक उड्डयन जहाज धेरै पुरानो छ । पश्चिमा प्रतिबन्धहरूले स्पेयर पार्ट्सको आपूर्तिमा अवरोध पुर्याएको छ, जसले गर्दा मर्मतसम्भार र सञ्चालनमा बाधा पुगेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij