Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खामेनीको मृत्युपछि इरानमा ४० दिनको राजकीय शोकको घोषणा

खामेनीको मृत्युपछि इरानमा ४० दिनको राजकीय शोकको घोषणा

  • काठमाडौँ । इरानमा ४० दिनको राजकीय शोकको घोषणा गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    इरानी सरकारी मिडियाले सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्युपछि देशमा ४० दिनको राष्ट्रिय शोकको घोषणा गरिएको र सात दिन बिदा दिइएको जानकारी दिएको हो ।

    AGNI GROUP

    अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु भएको जानकारी दिएपछि इरानले शोकको घोषणा गरेको हो । इरानको सरकारी मिडियाले खामेनी अमेरिका र इजरायलको आक्रमणमा शहिद भएको उल्लेख गरेको छ । 

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरेका थिए । त्यस्तै इजरायली अधिकारीहरूले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भग्नावशेषबाट खामेनीको शव फेला परेको दाबी गरेका थिए ।  

    अमेरिका-इजरायलको संयुक्त आक्रमणमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबि गरिएको छ । 

    ८६ वर्षीय खामेनी इरानमा सबै राजनीतिक र धार्मिक मामिलामा अन्तिम निर्णय लिने सर्वोच्च नेता थिए । १९८९ मा, इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बनेका थिए । शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्ने १९७९ को क्रान्तिमा खामेनीले प्रमुख भूमिका खेलेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij