Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्व बजारमा कच्चा तेलको मुल्य १३ प्रतिशतले बढ्यो

विश्व बजारमा कच्चा तेलको मुल्य १३ प्रतिशतले बढ्यो

  • काठमाडौँ । मध्यपूर्वमा बढेको युद्धको असरले विश्व बजारमा कच्चा तेलको भाउ एक्कासी उकालो लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार एसियाली बजार खुल्नेबित्तिकै अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको भाउ १३ प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलर नाघेको छ । अमेरिकी मापदण्ड पश्चिम टेक्सास इन्टरमिडिएट पनि करिब १० प्रतिशतले बढेर ७० डलर माथि पुगेको छ ।

    AGNI GROUP

    अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि आपूर्ति अवरुद्ध हुने डरले बजारमा मूल्य चर्किएको हो । विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने होर्मुज जलडमरु मार्गमा अवरोधको जोखिम बढेको छ । केही जहाज आवतजावत गरे पनि मुख्य जलमार्ग असुरक्षित बनेको छ । ठूला जलयातायात कम्पनीहरूले सो मार्गबाट आफ्ना जहाज नचलाउने निर्णय गरिसकेका छन् ।

    विशेषज्ञहरूका अनुसार यो अवस्था लम्बिए तेलको भाउ ९० डलरसम्म पुग्न सक्छ। केहीले १०० डलर नाघ्ने सम्भावनासमेत औंल्याएका छन् । होर्मुज मार्ग पूर्ण रूपमा बन्द भए दैनिक ८ देखि १० मिलियन ब्यारेल तेल आपूर्ति घट्न सक्ने चेतावनी दिइएको छ।

    यसको असर ग्यास बजारमा पनि पर्ने देखिएको छ। कतार तरल प्राकृतिक ग्यासको ठूलो निर्यातकर्ता भएकाले ग्यासको भाउ पनि बढ्ने अनुमान छ । ऊर्जा मूल्य चर्किँदा यातायात खर्च, इन्धन मूल्य र दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भएकाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अर्थविद्हरूको भनाइ छ । यदि संकट छोटो समयमै टुंगियो भने असर सीमित हुने, तर लामो समय जारी रहे आर्थिक मन्दीको जोखिम बढ्ने उनीहरूले चेतावनी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij