Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मध्यपूर्वको युद्ध चौथो दिनमा प्रवेश, चारदेखि पाँच साता लम्बिने ट्रम्पको दाबि

मध्यपूर्वको युद्ध चौथो दिनमा प्रवेश, चारदेखि पाँच साता लम्बिने ट्रम्पको दाबि

  • काठमाडौँ । अमेरिका-इजरायल र इरानबीचको युद्ध आज चौथो दिनमा प्रवेश गरेको छ । अमेरिका र इजरायलले इरानमाथि लागातर आक्रमण गरिरहेका छन् भने इरानले पनि जवाफी आक्रममण गरिरहेको छ । अहिलेसम्म युद्धको विश्लेषण गर्दा मध्यपूर्व भयानक युद्धतर्फ अघि बढिरहेको देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आफूमाथि लगातार आक्रमण जारी रहेका बेला इरानले पनि सशक्त जवाफी आक्रमण गरिरहेको छ । इरानले इजरायलसहित, युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइनलगायतका देशमा रहेका अमेरिकी एयरबेस, दुताबास र अमेरिकासँग सम्बन्धित स्थललाई निशाना बनाएको छ ।

    AGNI GROUP

    यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई सकेसम्म छिटो त्यहाँबाट बाहिरिन आग्रह गरेका छन् । उनले इरानविरुद्ध अझ ठूलो आक्रमण बाँकी रहेको चेतावनी दिएका छन् । ह्वाइट हाउसमा दिएको वक्तव्यमा ट्रम्पले इरानसँगको युद्ध ४-५ हप्ता चल्न सक्ने, आवश्यक परे अझ लम्बिन सक्ने बताएका छन् ।

    उनका अनुसार अमेरिकी सेना अहिले इरानमा ठूलो स्तरको सैन्य कारबाहीमा संलग्न छ र विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति प्रयोगमा ल्याइएको छ । ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सुरु नगर्न दिएको अमेरिकी चेतावनी बेवास्ता गरेको आरोप लगाउँदै उक्त कार्यक्रम विश्व सुरक्षाका लागि खतरा बन्दै गएको बताएका छन् ।

    अलजजिराका अनुसार अमेरिका र इजरायलले मिलेर हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा आक्रमण गरिसकेका छन् । सुरुका ३० घण्टामा मात्र दुई हजारभन्दा बढी बम खसालिएको जनाइएको छ । हालसम्म ५५५ जनाको मृत्यु भएको र ७०० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ ।

    फेब्रुअरी २८ मा सुरु भएको युद्धको पहिलो दिनकै बमबारीमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारीहरुको मृत्यु भएको थियो । त्यसको दुई दिनपछि उनकी पत्नी मंसूरेह खोजस्तेह बघेरजादेहको पनि उपचारका क्रममा निधन भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । उनी दुई दिनअघि भएको संयुक्त आक्रमणमा घाइते भएकी थिइन् ।

    यसबीच कुवेतमा अमेरिकाका तीन वटा एफ–१५ई लडाकु विमान दुर्घटनामा परेका थिए । अमेरिकी सेनाका अनुसार कुवेती वायु रक्षा प्रणालीले ती विमानलाई शत्रु ठानी निशाना बनाएको थियो । घटनामा सबै अमेरिकी पाइलट सुरक्षित रहेका जनाइएको छ ।

    मध्यपूर्वको तनाव बढ्दै जाँदा क्षेत्रीय र विश्व राजनीति झन् जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij