Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रतिनिधिसभा निवार्चनलाई प्रभाव पार्ने गरि सामाजिक सञ्जाल फेसबुक मार्फत समाजमा झुटा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका वडा नं.३ महेन्द्रचौक बस्ने २७ वर्षिय रामचन्द्र ठाकुर रहेका छन् । उनलाई इनरुवा महेन्द्र चोकबाट अफवाह फैलाउन प्रयोग गरेको मोवाईल डिभाइस सहित पक्राउ गरिएको हाे ।
उनीमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्र बहादुर खड्काले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij