Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ड्युटीमै बेहोस भएका मतदान अधिकृतको निधन

ड्युटीमै बेहोस भएका मतदान अधिकृतको निधन

  • काठमाडौं । सर्लाहीमा मतदान अधिकृतका रूपमा खटिएका एक स्वास्थ्यकर्मीको ड्युटीकै क्रममा निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज कुमार राईका अनुसार मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत ४२ वर्षीय सिनियर अहेव रघुनाथ महतो रहेका छन् ।

    AGNI GROUP

    जिगडवा आधारभूत विद्यालय, पर्सा गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा कार्यरत रहेका बेला फागुन १९ गते करिब २ बजे महतो अचानक बेहोस भएका थिए ।

    बेहोस भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पठाइएको थियो। अस्पताल पुर्‍याइएपछि करिब साढे २ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।

    उक्त जानकारी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्राप्त भएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij