Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंको सुकेधारा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका कार्यकर्ता रहेको खुलेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरी नगरपालिका– ६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि– ६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंको सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij