Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कुवेतमा एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ । इजरायल–अमेरिका–ईरानबीच जारी द्वन्द्वका बीचमा आवासीय क्षेत्रमा खसेको छर्राबाट घाइते भएकी बालिकाको उपचारका क्रममा निधन भएको कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार, मार्च ४ मा पुष्टि गरेको हो ।
कुवेत सिटीको राजधानी क्षेत्रमा घाइते भएकी बालिकाबारे जानकारी पाएलगत्तै आपतकालीन स्वास्थ्य टोली घटनास्थलमा पुगेका थिए । एम्बुलेन्समा राखेर अल-अमिरी अस्पतालतर्फ लैजाने क्रममा पुनर्जीवन प्रयास गरिएको थियो ।
अस्पताल पुगेपछि पनि करिब आधा घण्टासम्म उपचार प्रयास जारी राखिएको तर अन्ततः उनको ज्यान बचाउन नसकिएको मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij