Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायलको दाबी

४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण

४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण

  • काठमाडौँ । इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई विशेष रूपमा निशाना बनाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    इजरायली रक्षा बलका अनुसार पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य ईरानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरिएको छ । यस क्रममा क्षेप्यास्त्र प्रक्षेपण यन्त्र, हवाई रक्षा प्रणाली, हतियार भण्डारण केन्द्र तथा अन्य सैन्य संरचनालाई लक्षित गरिएको बताइएको छ ।

    AGNI GROUP

    सेनाका अनुसार यी कारबाही 'रोरिङ लायन' नाम दिइएको अभियान अन्तर्गत भइरहेको हो । उक्त अभियान सुरु भएयता इजरायली वायुसेनाले सयौँ आक्रमण अभियान पूरा गरिसकेको पनि सेनाले जनाएको छ ।

    यसैबीच इजरायलले इरानका तेल प्रशोधन केन्द्रमा पनि आक्रमण शुरु गरेको छ । आक्रमणपछि आगोका ठुलो मुस्लो तेहरानको आकाशमा देखिएका भिडियोहरु र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij