Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीको भूमिका प्रशंसनीय- महानिरीक्षक कार्की

निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीको भूमिका प्रशंसनीय- महानिरीक्षक कार्की

  • काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी अधिकारी र जवानलाई सम्बोधन गर्दै उनले सीमित साधनस्रोत र चुनौतीपूर्ण परिस्थितिका बीच पनि प्रहरीले उच्च मनोबलका साथ जिम्मेवारी पूरा गरेको बताए ।

    AGNI GROUP

    उनले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको सक्रियता महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारी क्षेत्रको राम्रो जानकारी राखेर योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापन अझ मजबुत बनाउन निर्देशन दिए। साथै सामाजिक सञ्जालको प्रयोग र कार्य सम्पादनका क्रममा इमानदार, तटस्थ र अनुशासित भएर काम गर्न पनि उनले प्रहरी कर्मचारीलाई आग्रह गरे ।

    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा उपत्यकाका विभिन्न प्रहरी कार्यालयका प्रमुख, अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij