Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक लाख घरधुरीमा जोडियो वाईफाई नेपालको इन्टरनेट

एक लाख घरधुरीमा जोडियो वाईफाई नेपालको इन्टरनेट

  • काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपालले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो ।

    AGNI GROUP

    नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाईफाई नेपाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भईसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ ।

    २०२६ मा तीन वर्ष पुरा गरेको यस वाईफाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेको छ ।

    वाईफाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ । सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई-फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगीरव्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ ।

    छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो । २०२५ मा वाईफाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो ।

    १ लाख ग्राहक जोडिनुले ग्राहकहरूको वाईफाई नेपाल प्रतिको माया र विश्वास दर्शाउँछ। प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने “ग्राहकहरूले वाईफाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौं । यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ ।”

    संक्षेपमा वाईफाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij