Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार गोलभेँडाको मूल्यवृद्धि देखिएको हो ।
समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै तराईको सानो गोलभेँडाको मूल्यमा २२.२२ प्रतिशत वृद्धि भएको छ । हिजो मंगलबार प्रतिकिलो औसत मूल्य ४५ रुपैयाँ रहेकोमा आज बुधबार १० रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ ।
यसैगरी, सानो लोकल गोलभेँडाको मूल्यमा पनि १४.२९ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भएको सानो गोलभेँडा आज बढेर ४० रुपैयाँ पुगेको छ ।
भारतीय सानो गोलभेँडाको मूल्य पनि १३.६४ प्रतिशतले बढेर प्रतिकिलो ४४ रुपैयाँबाट ५० रुपैयाँ पुगेको छ ।
ठूलो भारतीय गोलभेँडाको मूल्य भने स्थिर रहेको छ । यसको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij