Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नाडा निर्वाचन सम्बन्धी रिट उच्च अदालतद्वारा खारेज

नाडा निर्वाचन सम्बन्धी रिट उच्च अदालतद्वारा खारेज

  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल, नाडा, को सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अदालतको निर्णयसँगै सम्पूर्ण कानुनी अवरोध हटेको छ । नाडाको नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहणका लागि बाटो खुलेको नाडाले जनाएको छ ।

    AGNI GROUP

    बुधबार उच्च अदालतले रिट निवेदन खारेज गरेसँगै उक्त बाधा हटेको र कार्यक्रम निकट भविष्यमा संस्थाको विधान तथा प्रक्रिया अनुसार सम्पन्न गर्ने जनाएको छ ।

    नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै यसले सम्बन्धित विषयमा स्पष्टता ल्याएको र नाडालाई आगामी दिनमा स्थिरता र एकताको साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

    नाडाले आफ्नो सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij