Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ड्रोन आक्रमणमा १ हजार २५० जनाको मृत्यु

ड्रोन आक्रमणमा १ हजार २५० जनाको मृत्यु

  • काठमाडौं । ह्युमन राइट्स वाचले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाइटीमा गत वर्षभरि गरिएको ड्रोन आक्रमणमा कम्तीमा १,२४३ जनाको मृत्यु भएको छ जसमा १७ बालबालिका पनि छन् । प्रतिवेदनले उल्लेख गरेअनुसार मृतकमध्ये धेरैजना अपराधी समूहसँग कुनै प्रत्यक्ष सम्बन्ध नभएका थिए ।

    onlinepatrika
    Arghakhachi

    मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म हाइटी प्रहरी र निजी सैन्य ठेकेदार कम्पनी भेक्टस ग्लोबलले सञ्चालन गरेका यी आक्रमणमा कम्तीमा ७३८ जना घाइते भएका छन् । घाइतेमध्ये ४९ जनाको पनि अपराधी समूहसँग कुनै सम्बन्ध नभएको एचआरडब्लुले जनाएको छ ।

    AGNI GROUP

    बेक्टस ग्लोबल अमेरिकी व्यवसायी तथा पूर्व नेवी सील एरिक प्रिन्सद्वारा स्थापना गरिएको सैन्य ठेकेदार कम्पनी हो । एचआरडब्लुले जनघनत्व बढी भएका पोर्ट-ओ-प्रिन्सका शहरी क्षेत्रमा विस्फोटकसहितका क्वाडकप्टर ड्रोन प्रयोग गरिएको भन्दै यसलाई गैरन्यायिक हत्या हुन सक्ने चेतावनी दिएको छ ।

    संयुक्त राष्ट्रसंघको हाइटी कार्यालयका अनुसार नोभेम्बरदेखि जनवरीसम्म राजधानीमा मात्र ५७ आक्रमण भएका छन्, जुन अघिल्लो तीन महिनाको तुलनामा लगभग दोब्बर हो । २०२५ सेप्टेम्बर २० मा सिमोन पेल्ले क्षेत्रमा भएको एक आक्रमणमा १० जनाको मृत्यु भएको थियो, जसमा ९ जना ३ देखि १२ वर्ष उमेरका बालबालिका थिए ।

    एचआरडब्लुको तथ्यांकअनुसार प्रत्येक आक्रमणमा औसत ९ जनाको मृत्यु भएको छ । सबैभन्दा घातक आक्रमणमा ५७ जनाको ज्यान गएको थियो । स्थानीय बासिन्दाले ड्रोन आक्रमणले सुरक्षाभन्दा बढी भय सिर्जना गरेको बताएका छन् । “म निरन्तर डर र चिन्तामा बस्छु,” मार्तिसान्त क्षेत्रकी एक व्यापारीले एचआरडब्लुलाई भनिन् ।

    ह्युमन राइट्स वाचले हाइटी सरकारलाई अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिअनुसार नागरिकको जीवन रक्षा गर्न, गैरकानुनी हत्या सम्बन्धी पारदर्शी छानबिन गर्न र जिम्मेवारलाई कारबाही गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij