Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजदूतसँग माग्यो स्पष्टीकरण

जहाजमाथि आक्रमण

जहाजमाथि आक्रमण

  • काठमाडौँ । थाइल्याण्डको झण्डा बोकेको जहाजमाथि आक्रमण भएपछि थाइल्याण्ड सरकारले इरानका राजदूतलाई तलब गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    थाइल्याण्डको विदेश मन्त्रालयले जहाजमाथि भएको आक्रमणबारे स्पष्टीकरण लिन राजदूतलाई बोलाइएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त भेटमा घटनासँग सम्बन्धित तथ्य र परिस्थितिबारे छलफल गरिनेछ ।

    AGNI GROUP

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा ‘मयूरी नारी’ नामको जहाजमाथि आक्रमण भएको थियो । जहाज सञ्चालन गर्ने कम्पनीका अनुसार घटनापछि जहाजका तीन जना चालकदल सदस्य सम्पर्कविहीन भएका छन् ।

    कम्पनीले उनीहरू जहाजको इन्जिन कक्षमा फसेको हुन सक्ने आशंका व्यक्त गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij