Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इन्धन आपूर्तिका लागि इरानसँगको प्रत्यक्ष वार्ता प्रभावकारी : भारत

इन्धन आपूर्तिका लागि इरानसँगको प्रत्यक्ष वार्ता प्रभावकारी : भारत

  • काठमाडौं । खाडी क्षेत्रमा जारी तनावका बीच भारतीय विदेशमन्त्री एस. जयशंकरले स्ट्रेट अफ होर्मुजबाट भारतीय इन्धन जहाजहरूको सुरक्षित आवागमनका लागि इरानसँग भइरहेको प्रत्यक्ष वार्ता सकारात्मक रहेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समुद्री मार्ग खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आह्वान गरिरहेका बेला भारतले भने कूटनीतिक संवादलाई प्राथमिकता दिएको छ।

    AGNI GROUP

    'फाइनान्सियल टाइम्स' लाई दिएको एक अन्तर्वार्तामा जयशंकरले भने, 'भारतको दृष्टिकोणमा तर्कसंगत छलफल, समन्वय र समाधान खोज्ने बाटो नै उत्तम हो। यदि यसले अरूलाई पनि संवादका लागि प्रेरित गरेमा विश्वलाई नै फाइदा पुग्छ ।'  

    उनले इरानसँगको सिधा संवादकै कारण शनिबार दुईवटा भारतीय ग्यास टैंकर-'शिवालिक' र 'नन्दा देवी' ९२ हजार मेट्रिक टनभन्दा बढी तरल पेट्रोलियम ग्यास (LPG) बोकेर सुरक्षित रूपमा होर्मुज पार गर्न सफल भएको जानकारी दिए । 

    उनका अनुसार भारतीय जहाजका लागि कुनै 'स्थायी' वा 'विशेष' सम्झौता भएको छैन। प्रत्येक जहाजको आवागमनका लागि छुट्टाछुट्टै समन्वय भइरहेको छ। इरानले जहाज छाडेबापत भारतबाट कुनै लाभ लिएको छैन। दुई देशबीचको पुरानो ऐतिहासिक सम्बन्ध नै संवादको मुख्य आधार रहेको भारतको दाबी छ।

    फ्रान्स र इटाली जस्ता युरोपेली देशहरूले पनि ऊर्जा आपूर्ति सहज बनाउन तेहरानसँग कूटनीतिक पहल सुरु गरेका छन्।

    स्ट्रेट अफ होर्मुज इरान र ओमानको बीचमा रहेको विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग हो। विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ यही बाटो भएर ढुवानी हुन्छ। भारतले आफ्नो कुल खपतको ६० प्रतिशत ग्यास आयात गर्छ, जसमध्ये ९० प्रतिशत खाडी मुलुकबाट आउँछ र यही मार्ग प्रयोग गर्छ।

    २८ फेब्रुअरीदेखि अमेरिका- इजरायल र इरानबीच सुरु भएको युद्धका कारण कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेल नाघेको छ। इरानले होर्मुज जलमार्गलाई 'हतियार'का रूपमा प्रयोग गर्ने चेतावनी दिएपछि विश्वभर ऊर्जा संकटको जोखिम बढेको छ।

    नेपाल र भारतमा समेत एलपीजी ग्यासको आपूर्तिमा अवरोध पुग्न सक्ने चिन्ताले उपभोक्ताहरूमा त्रास देखिएको छ। कतिपय भारतीय शहरहरूमा ग्यास पसल बाहिर लामो लाइन देखिएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij