Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्युबासँग वार्ता अघि बढ्ने ट्रम्पको सङ्केत

क्युबासँग वार्ता अघि बढ्ने ट्रम्पको सङ्केत

  • काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिका र क्युबाबिच वार्ता जारी रहेको बताउँदै छिट्टै कुनै सम्झौता हुन सक्ने वा अन्य कदम चालिन सक्ने सङ्केत दिएका छन् । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्युबाले पनि सम्झौता गर्न चाहेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनले भने– ‘क्युबा पनि सम्झौता गर्न चाहन्छ । मलाई लाग्छ चाँडै हामी सम्झौता गर्नेछौँ वा जे गर्नुपर्छ त्यो गर्नेछौँ । हामी क्युबासँग कुरा गरिरहेका छौँ, तर क्युबाभन्दा पहिले इरानसम्बन्धी विषयलाई प्राथमिकता दिनेछौँ ।’

    AGNI GROUP

    वर्षाैँदेखि प्रतिबन्ध, कूटनीतिक तनाव, आप्रवासन र सुरक्षा सम्बन्धी विवादका कारण अमेरिका र क्युबाबिचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । पछिल्ला घटनाक्रमले यस सम्बन्धमा परिवर्तन आउने सङ्केत देखिएपछि क्षेत्रीय सहयोगी राष्ट्र र लगानीकर्ताहरूले चासोपूर्वक हेरेका छन् । 

    क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले शुक्रबार आफ्नो देशले अमेरिकासँग वार्ता सुरु गरेको बताएका थिए । दशकौँयताकै गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको क्युबाले द्विपक्षीय मतभेदलाई संवादमार्फत समाधान खोज्ने प्रयास गरेको उनले बताएका हुन् ।

    सरकारी टेलिभिजनमा प्रसारित भिडियो सन्देशमा उनले भने– ‘यी वार्ताहरू दुई देशबिच रहेका मतभेदलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले गरिएको हो ।’

    उनले वार्तामार्फत दुई देशलाई टकराबबाट टाढा लैजाने आशा व्यक्त गरेका छन् । क्युबामा हाल गम्भीर आर्थिक सङ्कट देखिएको छ । विशेषगरी आयातित तेल आपूर्तिमा आएको अवरोधका कारण विद्युत् उत्पादन र यातायात प्रणाली प्रभावित भएका छन् । इन्धन अभावका कारण देशभरि घुम्ती विद्युत् कटौती गर्नुपरेको छ र केही सार्वजनिक सेवा सीमित गरिएको छ ।

    पछिल्ला हप्ताहरूमा ट्रम्पले क्युबा पतनको नजिक पुगेको वा अमेरिकासँग सम्झौता गर्न उत्सुक रहेको टिप्पणी गर्दै आएका छन् । सोमबार उनले क्युबामा मैत्रीपूर्ण अधिग्रहण हुनसक्ने सम्भावना पनि उल्लेख गरेका थिए, तर त्यसपछि यो मैत्रीपूर्ण नहुन पनि सक्ने चेतावनी दिएका थिए । 

    यद्यपि, वार्ता सुरु भएपनि दुई सरकारबिच अझै महत्त्वपूर्ण मतभेद कायम छन् । अमेरिकी अधिकारीहरूले क्युबामाथिको दबाब कम गर्ने विषय राजनीतिक तथा आर्थिक सुधारसँग जोडिएको हुनसक्ने सङ्केत दिएका छन् भने क्युबाली नेतृत्वले कुनै पनि वार्ताले देशको स्वतन्त्रताको सम्मान गर्नुपर्ने अडान दोहोर्‍याएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij